काठमाडौँ महानगरले सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ । महानगरपालिकाले फागुन १९ गते सभागृहमा सार्वजनिक सुनुवाइ गर्ने बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
‘काठमाडौँ महानगरपालिका कार्यालयले, महानगरको चालू आर्थिक वर्षको हालसम्म भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा निम्न मिति र स्थानमा र समयमा सार्वजननि सुनुवाइ गरिने भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
उक्त सुनुवाइमा महानगरपालिका क्षेत्रभित्र क्रियाशील उपभोक्त समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्तिहरू दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ष लगायतका सरोकारवाला सबैको उपस्थितिका लागि महानगरले अनुरोध गरेको छ ।
पछिल्लो समयमा महानगरले गरेका कामका विषयमा विभिन्न प्रश्नहरू उठिरहका छन् । मेयर बालेन शाहले जनताका प्रश्नहरूमा जवाफ नदिएको भन्दै उनको पनि आलोचना भइरहेको थियो ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया