कंगनाको ट्विटर हयान्डल सस्पेन्ड

मुम्बई : बोल्यो कि पोल्यो भने जस्तो छ कंगना रनावतको बोली । जे ट्विट गर्छिन् कसै न कसैलाई छेड्खानी गरेकै हुन्छ । पछिल्लो समय भने उनका ट्विट मोदीको गुणगान गाउन र उनका विपक्षीको मानमदर्नमा केन्द्रित हुने गरेका छन् ।
पश्चिम बंगालमा मोदी नेतृत्वको भाजपाको नराम्रो हार भयो । यसले मोदीलाई भन्दा बढी दुःख कंगना रनावतलाई भयो । सोमबार मात्र उनले पश्चिम बंगलामा राष्ट्रपति शासन लागु गर्नुपर्ने र ममतालाई तह लगाउन मोदीले विराटरुप धारण गर्नुपर्ने ट्विट गरेकी थिइन् ।
तर, कंगनाको यो कुरा ट्विटरले रुचाएन । भर्खरै निर्वाचन भएको ठाउँमा भाजपा हार्यो भन्दै राष्ट्रपति शासन लाउने कुरा जायज थिएन । भएन उनको कुरा सिधा सिधा हिंसा निम्त्याउने खालको थियो । सम्भवतः यही कारण ट्विटरले मंगलबार उनको ट्विटर ह्यान्डल सस्पेन्ड गरिदियो । ट्विटरले उत्तेजक र हिंसा भड्काउने ट्विटमाथि बन्देज लगाउँदै आएको छ । केही महिना पहिले ट्विटरले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि ट्विटर सस्पेन्ड गरिदिएको थियो ।
कंगना पहिलोचोटि सस्पेन्सनमा परेकी भने होइनन् । यसअघि पनि ट्विटरले उनको खाता रोक्का गरेको थियो । यसबेला उनले ट्विटर छाडेर भारतकै अर्को कुनै ब्लगिङ साइट चलाउने धम्की दिएकी थिइन् । तर, खाता फुक्का भएसँगै कंगना ट्विटरमा नै सक्रिय हुन थालिन् ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया