टेनिस खेलाडी सानिया क्रिकेट लिगका लागि मेन्टर नियुक्त
काठमाडौँ- भारतीय टेनिस स्टार सानिया मिर्जा वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) क्रिकेटका लागि रोयाल च्यालेन्जर्स बैंग्लोरको मेन्टरमा नियुक्त भएकी छन् । पाँच टिमको सहभागिता रहेको लिग मार्च ४ देखि २६ सम्म मुम्बईमा हुनेछ ।
डबल्स तथा मिक्स्ड डबल्सको ६ वटा मुख्य उपाधि जितेकी ३६ वर्षीया सानियाले एटीपी दुबई ओपनपछि टिममा आवद्ध हुने क्रिकइन्फोले जनाएको छ । सानियाले अस्ट्रेलियन ओपनपछि सन्यासको घोषणा गरेकी थिइन् ।
सानियाले उक्त भूमिकाका लागि प्रस्ताव आएपछि आश्चर्य लागेको बताए पनि मेन्टरको भूमिकाका लागि उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् । सानियाले खेलाडीको मानसिक पक्षमा बढी काम गर्ने अपेक्षा रहेको छ ।
बैंग्लोरले पहिलो खेल दिल्ली क्यापिटल्सविरुद्ध मार्च ५ मा खेल्ने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया