आज टियु मैदानमा नामिबिया र स्कटल्याण्ड भिड्दै

काठमाडौँ- आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नामिबियाले आज स्कटल्याण्डसँग खेल्दैछ । आज बिहान ९:०० बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा दुवै टोलीले बिजयका लागि प्रतिस्पर्धा गर्नेछन् । नामिबिया हिजो नेपालसँग दुई बिकेटले पराजित भएको थियो ।
उता, स्कटल्यान्ड पहिलो पटक नेपालमा आएको हो, उसका लागि नेपालमा पहिलो पटक खेल हुनेछ । स्कटल्यान्ड ३२ खेलमा २२ मा जित र ८ मा हारसहित ४६ अंकका साथ शीर्षस्थानमा छ भने नामिबिया ३१ खेलमा १८ मा जित र १२ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
स्कटल्यान्डको टोली:
रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप–कप्तान), क्रिस ग्रेभ्ब्स, ज्याक जार्विस, माइकल लिस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, लियाम नेलर , शफ्यान शरिफ, क्रिस सोले, हम्जा ताहिर, मार्क वाट् ।
नामिबियाको टोली:
जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, जान फ्रिलिंक, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, जोशुआन जुलिउस, निकोल लोफ्टी इआटोन, रुबेन ट्रम्पलम्यान र शन फुसे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया