घर नजिकै खानेपानी आएपछि टोम्टाल्लावासी हर्षित

दैलेख(ठाटीकाँध) : दैलेखको ठाटीकाँध गाउँपालिका–२ टोम्टाल्ला कि ५० वर्षीय नन्दकला विक पहिले आधा घण्टाको बाटो हिडेर खानेपानी बोक्थिन् । वर्षात्मा पानीमा भिज्दै ठूलो गाग्री बोकेर धारामा पुग्थिन् भने हिउँदको कठ्याग्रिदो जाडोमा पानी पानी बोक्नै पर्थ्यो ।
अहिले अल्छिवाडी किमडीखोला खानेपानी तथा सरसफाई योजना सम्पन्न भएपछि उनी खुसी भएकी छिन् । आधा घण्टाको बाटो हिँडेर पानी ल्याउने विक अहिले घर नजिकै धारा बनेपछि दंग छिन् । पहिले खानेपानीको निकै समस्या थियो,’ नन्दकलाले भनिन्, ‘अहिले घर नजिकै धारामा पानी झर्दा निकै सुविधा भएको छ ।’ घर नजिकै धारमा पानी आउन थालेपछि उनी मात्रै होइन वडा नम्बर १ खातीगाउँ र २ टोम्टाल्लावासी खुसी छन् ।
घरनजिकै धारमा पानी आएपछि नुहाउन र लुगाधुन पनि सजिलो भएको स्थानीय बताउँछन् । 'पहिले आधा घण्टा हिँडेर ल्याएको पानी शुद्ध हुन्थेन,' गाइगोरुले पिउने पानी पिइरहेका थियौँ, उनले भनिन्, ‘अहिले निकै सुविस्ता भयाको (सुविधा) छ । वर्षौदेखिका मैला कपडा धुन पायाका छौँ ।’
दुइवटा मुहानको पानी एकै ठाउँमा मिसाएर ल्याएपछि गाउँमा पानीको समस्या समाधान भएको वडा नम्बर १ का नौले विकले बताए । ठाटीकाँध गाउँपालिकाको १९ लाख ९ हजार पचास ९९ रुपैयाँ, नेपाल सरकारको चार लाख ५० हजार, फिनल्याण्ड सरकारको ५ लाख ५० हजार र १० लाख बराबरको श्रमदानबाट खानेपानी आयोजना सम्पन्न भएको आयोजनाका जलस्रोत प्राविधिक विष्णु रावतले बताए ।
अल्छिवाडी किमडीखोला खानेपानी योजनाबाट १ र २ नम्बर वडाका करिब ४९ घरधुरी लाभान्वित भएका छन् । असारमा सम्पन्न गर्ने अन्तिम मिति भए पनि दिनरात खटिएर काम गर्दा समयाविध अगावै काम सम्पन्न भएको अल्छिवाडी किमडीखोला खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिका अध्यक्ष धनबहादुर विकले बताए ।

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया