कुशल-करणको कीर्तिमानी योगदानमा नामिबियाविरुद्ध नेपालको जित

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्यो । लिग-२ मा नेपालले पहिलो पटक नामिबियालाई पराजित गरेको हो ।
जितका लागि चाहिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाउँदै पुरा गरे । नेपाललाई जित दिलाउन कुशल भुर्तेलले शतकीय योगदान गरे । ९९ बलमै शतक पुरा गरेका कुशलले १ सय १३ बलमा १ सय १५ रन बनाए । उनले १० चौका र ४ छक्कासमेत हिर्काए । करण केसीले २० बनाए । सोमपाल कामीले ४ रन बनाए ।
कप्तान रोहित पौडेलले ७२ रनको योगदान गरे । सन्दीप जोराले २८ तथा ज्ञानेन्द्र मल्लले २५ रन बनाए । सन्दीप लामिछाने र आशिफ शेख शून्य रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी ७, कुशल मल्ल ६ रन बनाएर आउट भए ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र जान निकोलले समान ३-३ तथा टंगेनी लुङ्गामेनी र बर्नार्ड स्कोल्ज एक-एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनायो । नामिबियाका ब्याटर माइकल भान लिन्गेनले शतक पुरा गरे । माइकल भानले १ सय ३७ बलमा १ सय ३३ रन बनाउँदा ९ चौका र ५ छक्का हिर्काए ।
माइकल भानको एकदिवसीयमा यो तेस्रो शतक समेत हो । उनले एकै खेलमा बनाएको यो सर्वाधिक रन पनि हो । माइकल भानले यसअघि सर्वाधिक १ सय २१ रन बनाएका थिए ।
जेरहार्ड इरासमस ५६ रनमा आउट भए । उनी लिग-२ मा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । इरासमसले १ हजार २ सय २२ रन बनाएका छन् । जान निकोल ८ लो-हान्द्रे लोउरेन्स ५, जान फ्रायलिन्क, रुवेन ट्रम्पेलम्यानले ११, पिक्की फ्रान्स २, १३ र कार्ल बिर्केनस्टोक १३ रनमा आउट भए । जेन ग्रिनले ३४ रनको योगदान गरे ।
नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट हात पारे । सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए ।
नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध शुक्रबार खेल्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया