मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

एकदिवसीयमा कुशल भुर्तेलको पहिलो शतक

काठमाडौँ- कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक पुरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा कुशलले शतक पुरा गरेका हुन् ।

कुशलले ९९ बलमा ९ चौका र ४ छक्का हिर्काउदै शतक पुरा गरे । एकदिवसीयमा शतक पुरा गर्ने कुशल चौथो नेपाली खेलाडी बनेका छन् ।

यसअघि पूर्व कप्तान तथा क्रिकेटर पारस खड्का, तथा दिपेन्द्र सिंह ऐरी र वर्तमान कप्तान रोहित पौडेलले शतक पुरा गरेका थिए ।

रोहितले १ सय २६ रन, पारसले १ सय १५ रन तथा दिपेन्द्रले १ सय ५ रनसहित शतक पुरा गरेका छन् ।