धरानमा सप्तरीका कोभिड संक्रमितको मृत्यु

काठमाडौँ : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ५० वर्षीय कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलबार सप्तकोशी नगरपालिका-१ का पुरुषको बिहान ५:१५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
उनलाई १३ गते कोभिड पुष्टि भएको थियो र सोही प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनलाई दीर्घ रोगी थियो र उपचाररत थिए ।
योसँगै प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय ३१ पुगेको छ । यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय ६२ को मृत्यु भइसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया