प्रदेश सभा नियमावली मस्यौदा समितिको संयोजकमा लिलाबल्लभ अधिकारी

विराटनगर- प्रदेश १ को प्रदेश सभाको नियमावली मस्यौदा समितिको संयोजकमा प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारी चयन भएका छन् ।
माघ २३ गते बसेको प्रदेश सभा बैठकले प्रदेश सभाको नयाँ प्रदेश सभा नियमावली निर्माणका लागि नियमावली मस्यौदा समिति गठन गरेको थियो । अधिकारी पेसाले कानुन व्यवसायी हुन् ।
सभामुख बाबुराम गौतमले नियमावली मस्यौदा समितिमा रहने ११ जना प्रदेश सभा सदस्यहरूको नाम प्रदेश सभामा पढेर सुनाएका थिए ।
समितिमा नेकपा एमाले संसदीय दलबाट प्रदेश सभा सदस्य अधिकारीसहित तिलचन पाठक, यसोदा कायस्थ, रामदेव यादव रहेका छन् । नेपाली कांग्रेसबाट पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहित सभा सदस्यहरू मोहन महर्जन र शोभा चेम्जोङ सदस्य छन् ।
त्यस्तै माओवादी केन्द्र संसदीय दलबाट गीता तिम्सिना र गोम्बु शेर्पा, नेकपा एसका कमलप्रसाद जवेगु र राप्रपाकी निमसरी राजवंशी गरी ११ जना रहेका छन् ।
माघ २३ गते सोमबार प्रदेश सभा बैठक बसेको थियो । सोही दिनदेखि लागू हुने गरी ३० दिनभित्र प्रदेश सभा नियमावलीको अन्तिम मस्यौदा प्रदेश सभामा पेस गरिसक्न सभामुख गौतमले समितिलाई निर्देशन दिएका थिए ।
समितिले आफू मध्येबाट संयोजक चयन गरी नियमावली निर्माणको कार्यविधि पनि आफैँ तय गर्ने व्यवस्थाअनुसार कार्यविधि बनाएर बैठकबाट पास गरिसकेको संयोजक अधिकारीले जानकारी दिए ।
‘नियमावली बनाउने कार्यविधि पनि पास भइसकेको छ,’ संयोजक अधिकारीले भने, ‘फागुन ३ गते समितिको बैठक बसेर नियमावलीको मस्यौदा पेस गर्छौं र चाँडै यो कामलाई टुंग्याउँछौं ।’

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

प्रतिक्रिया