चिकित्सक र सरकारबीच ६ बुँदे सहमति : आन्दोलनका कार्यक्रम स्थगित (पत्रसहित)

काठमाडौँ- आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमित भएको हो ।
वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्ट्रका चिकित्सकमाथि प्रहरीले लाठी चार्ज गरेपछि चिकित्सकहरू आन्दोलित भएका थिए । घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो ।
सरकारसँग सहमति भएसँगै चिकित्सकहरू आन्दोलनरत स्थगित गरेर काममा फर्किने भएका छन् ।
चिकित्सकमाथि हातपात गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन सुरु गरेकाले समग्र पक्षमा एक हप्ताभित्र छानविन गरी दोषीलाई कारबाही गर्ने सहमति गरिएको छ ।
त्यस्तै घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने सहमति गरिएको छ ।
विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ मा गर्नुपर्ने परिमार्जन सम्बन्धनमा सरकारसमक्ष एक हप्ताभित्रमा सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति गरिएको छ ।

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

प्रतिक्रिया