ओडीआईमा हजार रनको रेकर्डनजिक रोहित पौडेल

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पुरा गर्ने पहिलो नेपाली क्रिकेटर बन्ने संघारमा पुगेका छन् ।
नेपालका लागि ३२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितले ९ सय ४५ रन जोडिसकेका छन् । एकदिवसीयमा एक हजार रन पुरा गर्न रोहितलाई केवल ५५ रन आवश्यक छ ।
रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा एक शतक तथा पाँचवटा अर्धशतक समेत प्रहार गरेका छन् । रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एक खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।
उनले सर्वाधिक १ सय २६ रन बनाएका छन् । रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत चैतमा पपुवा न्यूगिनीविरुद्धको खेलमा ७ चौका र ४ छक्काको मदतमा १ सय २६ रन बनाए ।
नेपालका लागि शतक पुरा गर्ने रोहित तेस्रो खेलाडी हुन् । पूर्व क्रिकेटर पारस खड्काले १ सय १५ रनसहित शतक तथा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रनसहित शतक पुरा गरेका छन् ।
रोहितपछि २६ खेल खेलेका ज्ञानेन्द्र मल्लले ७ सय ९ रन तथा २३ खेल खेलेका आशिफ शेखले ६ सय ५५ रन बनाएका छन् ।
नेपालका लागि एकदिवसीयमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि रोहित नै हुन् । रोहितले एक हजार रन पुरा गर्ने अवसर पनि त्रिवि क्रिकेट मैदानमा पाउने सम्भावना बलियो छ ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले चार खेल खेल्नेछ । जबकी रोहितलाई एक हजार रन बनाउन केवल ५५ रनको आवश्यकता छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया