टी-ट्वान्टी विश्वकपः न्यूजिल्यान्डविरुद्ध अस्ट्रेलियाको शानदार जित
काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्यूजिल्यान्डमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ९७ रनले पराजित गरेको हो ।
जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड १४ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमै सिमित भयो । न्यूजिल्यान्डका लागि अमेलिया केरले सर्वाधिक २१ रन बनाइन् । अस्ट्रेलियाकी असलेघ गार्डनरले सर्वाधिक ५ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७३ रन जोड्यो । अस्ट्रेलियाका लागि अलायसा हेलीले ५५, कप्तान मेग लानिङले ४१ तथा एलायसी पेरीले ४० रनको योगदान गरे ।
न्यूजिल्यान्डका लागि लीया टाहुहु र अमेलिया केरले समान ३-३ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया