मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

सम्पति शुद्धिकरण विधेयक संसद्‌को चालु अधिवेशनमा दर्ता हुने पहिलो विधेयक

काठमाडौँ- सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद्‌ सचिवालयमा दर्ता भएको छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालु अधिवेशनमा दर्ता भएको यो पहिलो विधेयक हो ।

सो विधेयकमार्फत सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन एकै पटक संशोधन गर्न लागिएको छ । सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन संशोधन गर्न लागिएको छ ।

जसअनुसार सो विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का) नियन्त्रण र जफत ऐन २०७० मा संशोधनजस्ता विधेयक संशोधन हुन लागेको हो ।