कोभिड नियन्त्रणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी

कोलम्बो : कोभिड-१९ प्रति दिन बढ्दै गएपछि न्युनिकरणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले भिडभाड गर्न नदिने कुरालाई केन्द्रित गरेर आदेश जारी गरिएको जानकारी दिएका छन् ।
आदेशमा विवाह भोज, धार्मिक भेला, भिडभाड हुने कार्यक्रमलगायतलाई पनि प्रतिवन्ध लगाइएको उल्लेख गरिएको छ । श्रीलङ्कामा दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा रहेको पाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
कोभिडको बेलायती प्रकारबाट प्रभावितहरूको मृत्यु दर पनि उच्च रहेको उनीहरूले जानकारी दिएका छन् । कोभिड महामारी न्युनिकरण प्रमुख तथा सेनापति शभेन्द्र सिल्भाले अनुगमनलाई तीव्रता दिइएको बताए ।
विषेश गरेर गम्भीर प्रकृतिका विरामीहरु धेरै रहेको क्षेत्रमा अनुगमनलाई प्राथमिकता दिइएको पनि उनले जानकारी दिए । आर्थिक पक्ष धरासायी हुने डरले सरकारले पूर्ण लकडाउन लागु गर्न नचाहेकोले भिडभाड हुन नदिने व्यवस्था कार्यान्वयनमा जोड दिइएको बताइएको छ ।
अहिले जारी गरिएको आदेशमा यही मे २१ सम्म विवाह भोजलगायतका कार्यक्रमहरु गर्न नपाइने उल्लेख गरिएको छ । अर्को सूचना प्रकाशित नहुदाँसम्मका लागि अन्य भिडभाड हुने कार्यक्रम तथा सार्वजनिक समारोह नगर्न आग्रह गरिएको छ ।
आदेशमा जनाइएअनुसार, चलचित्र हल, बालबालिका खेल्ने खेल मैदान, पौडी स्थल, बार तथा रेस्टुरेन्टहरु, क्यासिनो र रात्रि क्लवजस्ता विलासी र मनोरञ्जनमूलक सेवालाई पनि अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्नु पर्नेछ । उद्योग तथा पसलहरु भने २५ प्रतिशत क्षमता मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको आदेशमा उल्लेख छ ।
विद्यालयसहितका शैक्षिक संस्थाहरुलाई पनि अनिश्चितकालका लागि बन्द गर्न आदेश दिइएको छ । श्रीलङ्कामा कोभिडका कारण अहिलेसम्म एक लाख नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने कम्तीमा ६८७ जनाको मृत्यु भइसकेको छ । (पीटीआई)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया