जहाज दुर्घटनापछि हवाई उडान कम, पोखराको पर्यटनमा असर

पोखरा- अंग्रेजी नयाँ वर्षको अवसर पारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनवरी १ मा उद्घाटन गरेपछि औपचारिक रुपमा विमानस्थलबाट उडान सुरु भयो । अन्तर्राष्ट्रिय उडानबिनै व्यावसायिक उडान थालेसँगै पोखरेलीले आधा दशकदेखिको सपना पूरा भएमा खुसियाली मनाए ।
तर, त्यो खुसियाली १५ दिन पनि टिकेन । सोही विमानस्थलमा अवतरण हुनुअघि जनवरी १४ (माघ १) मा यति एअर दुर्घटनामा पर्यो । सेती खोंचमा दुर्घटनाग्रस्त जहाजमा चालक दलसहित ७२ जना सवार थिए । त्यो दुर्घटनापछि एकाएक जहाजमा यात्रा गर्नेहरू घटे । यसको मार पोखराको पर्यटन क्षेत्रमा परेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
विमानस्थलबाट औपचारिक उडान सुरु भएपछि २ सातासम्म ठिकठिकै उडान हुँदै आएकोमा दुर्घटनायता भने गिरावट आएको हो । २ सातासम्म १८ हजार २ सय ४० यात्रु यो विमानस्थलबाट बाहिरिएकोमा १५ जनवरी (१ माघ) को दुर्घटनापछि भने झण्डै ५० प्रतिशत गिरावट हुन गएको हो । दुर्घटनायताको १५ दिनमा १० हजार ६ सय २९ यात्रुले मात्र यात्रा गरेको तथ्यांक छ । उद्घाटनको दिन १ हजार ७ सय २७ जनाले यात्रा गरेका थिए । भने, दुर्घटनापछि सबैभन्दा कम ८ माघमा ४ सय १३ जनाले यात्रा गरेको एयरपोर्टको तथ्यांक छ ।
यहाँबाट हाल बुद्ध, यती, श्री, सौर्य, गुण एअरलाइन्सले उडान भर्दै आएका छन् । विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीका अनुसार त्यसमध्ये बुद्धको उडान सबैभन्दा बढी छ । हवाई दुर्घटना हुनुअघि बुद्धले दैनिक पोखरा–काठमाडौं रुटमा १२ वटासम्म उडान भर्दै आएकोमा घटेर ८ मा झरेको छ । त्यस्तै यती एअरलाइन्सको विगतमा ६ वटासम्म उडान हुने गरेमोमा घटेर २ मा मात्र सीमित छ । उता, श्री र सौर्यको सेड्युल धेरै भए पनि एउटा जसोमात्र उडान हुने गरेको सुवेदीले जानकारी दिए ।
पर्यटकीय सिजनको मुखैमा हवाई दुर्घटनाका कारण पर्यटकको झिनो उपस्थितिले ठूलो लगानी रहेको पोखराको पर्यटन क्षेत्र फेरि धरापमा परेको छ । होटल संघ पोखरा नेपाल अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार हाल पोखराका होटलमा ५ देखि १० प्रतिशतमात्र अकुपेन्सी छ । पोखरामा पर्यटकीय स्तरका ७ सय बढी होटल छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसारमा गएको गत महिना जनवरीमा हवाई मार्गबाट ५५ हजार पर्यटक नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा ३४ मुलुकबाट ५५ हजार ७४ जना पर्यटक भित्रिएका हुन् । नेपाल भित्रिने पर्यटकमध्ये पोखरामा ४० प्रतिशतजसो आउने गरेको विगतको तथ्यांकमा यसपालि दुर्घटनासँगै अफ सिजनले असर पारेको व्यवसायीको भनाइ छ ।
पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको एक कार्यक्रममा व्यवसायीले चाँडोभन्दा चाँडो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने जोड दिएका थिए । सो कार्यक्रममा विमानस्थल प्रमुख विक्रमराज गौतमले आगामी १३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजको रात्रिकालीन उडान र अवतरण गर्न सक्ने आश्वासन दिएका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया