दुई वर्षपछि कप्तान रोहितले हिर्काए टेस्ट क्रिकेटमा शतक
काठमाडौँ- भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले दुई वर्षपछि टेस्ट क्रिकेटमा पहिलो शतक पूरा गरेका छन् । घरेलु मैदानमा रोहितले शुक्रबार अस्ट्रेलियाविरुद्धको टेस्टका क्रममा शतक पूरा गरेका हुन् ।
रोहितले पछिल्लो पटक सन् २०२१ को सेप्टेम्बर मा इंग्ल्यान्डविरुद्ध शतक पूरा गरेका थिए । त्यसयता उनले टेस्ट क्रिकेटमा शतकविहीन थिए । टेस्ट क्रिकेटमा रोहितको यो नवौं शतक हो ।
अस्ट्रेलियाविरुद्ध रोहित १ सय २० रन बनाएर आउट भए । उनले १५ चौका र २ छक्का हिर्काए ।
उनले गत जनवरी न्यूजिल्यान्डविरुद्ध शतक पूरा गर्दै एकदिवसीयमा तीन वर्षपछि शतकको खडेरी तोडेका थिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया