बालुवाटारमा राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ ।
आगामी २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उठाउने उम्मेदवारका विषयमा विशेष रुपमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
बिहीबार नै संयन्त्रको बैठक बस्ने भनिएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । जसकारण शुक्रबार बिहानका लागि संयन्त्रको बैठक सारिएको हो ।
जारी बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयदेखि प्रादेशिक राजनीतिक समीकरणका विषयमा पनि छलफल हुनेछ ।

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

प्रतिक्रिया