कर्जा ब्याजदर एक अंकमा कायम गर्न माग

काठमाडौँ - नेपाल राष्ट्रिय व्यवसायी महासंघले कर्जा ब्याजदर एक अंकमा कायम गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष कुमार कार्की नेतृत्वको टोलीले आज नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको भन्दै कर्जा ब्याजदर एक अंक कायम गर्न माग गरेको हो ।
महासंघले सबै बैंक तथा वित्तीय संस्थाको ब्याजदर समान हुनुपर्ने, सहुलियत विना धितो कर्जालाई रु १५ लाखबाट बढाएर कम्तीमा रु २५ लाख र बैंक तथा वित्तीय संस्थाको लगानी ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने बाध्यकारी नीति बनाउनुपर्ने बताएको छ ।
गर्भनर अधिकारीले उद्योग तथा व्यवसायलाई अगाडि बढाउनका लागि राष्ट्र बैंक सकारात्मक रहेको धारणा सो अवसरमा व्यक्त गरेको जनाइएको छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया