मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

सन्दीप लामिछानेलाई समेट्दै नेपाली टिमको घोषणा

फाइल तस्बिर

काठमाडौँ- नेपालमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि सन्दीप लामिछानेलाई समेट्दै नेपाली टिमको घोषणा गरिएको छ ।

फेब्रुअरी १४ देखि त्रिवि मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट संघले सन्दीपलाई समेट्दै टिमको घोषणा गरेको हो । सिरिजमा नेपाल, स्कटल्याण्ड र नामिबिया रहेका छन् ।

सन्दीपमाथि एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।