शिक्षण शुल्क वृद्धिविरुद्ध विद्यार्थीकाे प्रदर्शन

काठमाडौं- काठमाडौंको बिजुली बजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीहरूले शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौंको माइतीघरमा उनीहरूले विद्यार्थीहरूबाट अनुचित रूपमा महङ्गो शुल्क लिए पनि कुनै सुविधा नपाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले 'विद्यार्थीमाथि दमन गर्न पाइँदैन', 'विद्यार्थीलाई लुट्न पाइँदैन' लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कलेजले १० लाख ७० हजार फि लिएपछि त्यही अनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन गर्ने धम्की दिएको विद्यार्थीहरूको भनाइ छ ।
उनीहरूले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृत्ति दिनुपर्ने भए पनि कलेजले १० जनालाई मात्रै छात्रवृत्तिमा पढाइरहेको र २० जनाको फि कलेजले खाइरहेको आरोप लगाएका छन् । यसअघि पनि शिक्षण शुल्क वृद्विको विरोधमा उक्त कलेजका विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया