सुदूरपश्चिममा एकीकृत समाजवादीलाई अढाइ वर्ष मुख्यमन्त्री लिएर समर्थन गर्न आग्रह

कैलाली - नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ । निर्णायक रहेको नागरिक उन्मुक्तिले विश्वासकफ मत नदिने भएपछि संकटमा परेको सरकार जोगाउन नेताहरू अन्तिम कसरतमा छन् ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा एमालेले नेकपा (एकीकृत समाजवादी)लाई अढाइ वर्ष मुख्यमन्त्री लिएर सरकारलाई समर्थन गर्न आग्रह गरेको छ । समाजवादीले समर्थन गरे पनि सरकार जोगाउन आवश्यक पर्ने सांसदको सङ्ख्या भने पुग्ने अवस्था छैन । तर, समाजवादीका नेताले भने एमालेको अफर अस्वीकार गरेको बताइएको छ ।
त्यसका लागि सभामुखलाई समेत हटाउन सत्तापक्ष तयार भएको छ । सभामुखले मतदान गर्न पाउँदैनन् ।
माओवादी केन्द्रका १०, नेकपा एमालेका १०, समाजवादीका चार, राप्रपा र स्वतन्त्रका एक / एक जना सांसद र सभामुखबाट भीम बहादुर भण्डारीलाई समेत हटाएर सरकार जोगाउन २७ जना सांसद पुर्याउने एमालेले कोसिस गरेको स्रोतले बतायो ।
सरकार जोगाउने उद्देश्यले उद्योग मन्त्री दामोदर भण्डारी बुधबार साँझ धनगढी आइपुगेका थिए । राति अबेरसम्म नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको घरमा मुख्यमन्त्रीसहित नेकपा एमालेका नेताहरूको बैठक बसेको थियो ।
त्यहीँबाट नेकपा एमालेका नेताहरूले समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, स्वतन्त्र सांसद डा. तारा जोशीलाई एमालेका नेताहरूले टेलिफोनमार्फत् सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
नेकपा एमालेका नेताले सरकारलाई समर्थन गरे वाफत् डा. जोशीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतले बतायो ।
तर, नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले कसैलाई मुख्यमन्त्री आश्वासन नदिइएको बताए ।
तर नेताहरूकाबीचमा कुराकानी भएको भने पाठकले स्वीकार गरे । मुख्यमन्त्रीले आज साँझ ५ बजेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । आज विश्वासको मत लिन नसके मुख्यमन्त्री स्वतः पदबाट हट्नेछ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया