सोमबार थपिए ७४४८ संक्रमित, ३७ को मृत्यु

काठमाडौं : गत २४ घण्टामा सात हजार ४ सय ४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । १७ हजार १ सय ७६ जनमा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ३७ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ। संक्रमणमुक्त २ हजार २१ भएका र हालसम्म २ लाख ८६ हजार १५ जना संक्रमणमुक्त भइसकेका छन् ।
हालसम्म २५ लाख २१ हजार १ सय ६४ जनाको पिसिआर परीक्षण गरेको छ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ६६ जना संक्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार नौ सय २२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया