सुदूरपश्चिम प्रदेश सभाको बैठक सर्यो

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । आजलाई बस्ने तय भएको बैठक बस्दै नबसी भोलिका लागि सरेको हो । विषेश कारणबस आज बस्ने तय भएको बैठक भोलि बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी थियो । मुख्यमन्त्रीमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री रावलको पद संकटमा परेको छ ।
रावल मुख्यमन्त्री नियुक्त भएको भोलि एक महिना पुग्दैछ । संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गतेसम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ । रावल नेतृत्वको सरकार ढलेसँगै प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकार बनाउने बाटो खुल्नेछ ।
नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको समर्थनमा गत पुस २७ गते नेकपा (एमाले)का रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । रावललाई माओवादीका ११, नागरिक उन्मुक्तिका सात र राप्रपाका एकसहित २९ सांसदको समर्थन छ ।
५३ प्रदेशसभा प्रदेश सभामा सरकार बनाउन २७ सांसदको मत चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एक जना सांसद छन् ।
एक्कासि प्रदेश सभा बैठक सरेकोमा नेपाली कांग्रेसले भने आपत्ति जनाएको छ । दलहरुहरूसँग छलफल नै नगरी एकाएक बैठक स्थगित गरिएको भन्दै कांग्रेस सांसदहरूले आफूहरूलाई मान्य नहुने बताएका छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_4gh6vlWnyZ_efvf4jxqlykqlee2y8fudscpzua8rbezqey5fqwpu3zknvprauhs9qfdq0vw.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया