श्रमिकको न्यूनतम पारिश्रमिक घन्टाको ७७ रुपैयाँ, साउन १ बाट लागू हुने
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष साउन १ बाट लागू हुने गरि श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । अब घण्टाको दरले काम गर्ने श्रमिकलाई प्रति घन्टा न्यूनतम ७७ रुपैयाँ दिनुपर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले श्रम ऐनले दिएको अधिकार प्रयोग गरी न्यूनतम् पारिश्रमिक निर्धारण गरेको हो । घन्टाको दरमा तल बुझ्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक ४८ रुपैयाँ प्रति घन्टा तोकिएको छ । त्यसमा महँगी भत्ता २९ रुपैयाँ थप गरी ७७ रुपैयाँ दिनुपर्ने उल्लेख छ ।
दैनिक ज्यालादारी रुपमा काम गर्ने श्रमिकको पारिश्रमिक पाँच सय ७७ रुपैयाँ प्रति दिन निर्धारण गरिएको छ । ३६१ रुपैयाँ आधारभूत पारिश्रमिक छ भने २१६ रुपैयाँ महँगी भत्ता निर्धारण गरिएको छ । मासिक तलबमा काम गर्ने श्रमिकलाई न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । आधारभूत पारिश्रमिक मासिक ९ हजार ३ सय ८५ रुपैयाँ छ । महँगी भत्ता ५ हजार ६ सय १५ रुपैयाँ छ ।
यसमा चिया बगानमा काम गर्ने श्रमिक समावेश छैनन् । पारिश्रमिकका अतिरिक्त श्रमिकले सञ्चय कोष र उपदानको सुविधा पाउनुपर्ने उल्लेख छ । स्थानीय तह र निकायहरूले सरकारले निर्धारण गरेको मूल्यमा नघटाई न्यूनतम् पारिश्रमिक निर्धारण गर्न सक्ने उल्लेख छ ।

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया