चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौँ - विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।
मुद्दाका प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष दालतमा हाजिर हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुनः पेसी तोकिनेछ।
कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया