कर्णाली प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा

सुर्खेत : कर्णाली प्रदेश अस्पताल कालागाउँमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको प्लान्ट आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।
अस्पतालमा कोभिड-१९ संक्रमितको मृत्युदर बढ्न थालेपछि मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेश अस्पतालको स्थलगत अनुगमन गर्दै आएका थिए । उनीहरूले कोभिड संक्रमितको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनबारे अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्का र कोरोना फोकल पर्सन डा.केएन पौडेलसँग जानकारी लिएका थिए ।
नयाँ भेरियन्टसहितको कोभिड संक्रमणले संक्रमितको संख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको भन्दै मुख्यमन्त्री शाही आफैँ प्रदेश अस्पताल पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग गरेका हुन् । सामाजिक विकासमन्त्रीसमेत रहेका मुख्यमन्त्री, सेनाका पृतनापति, सामाजिक विकास सचिव, सशस्त्र तथा नेपाल प्रहरी कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट सञ्चालनमा सहजीकरण गरेको थियो ।
आइतबारदेखि नै कोभिड अस्पतालको आइसोलेसन कक्षमा अक्सिजन आपूर्ति गरिएको बताइएको छ । अस्पताल निर्देशक प्रा. डा.खड्काका अनुसारका अक्सिजन उत्पादनका साथै अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने गरी काम भइरहेको बताए ।
यता कोभिड अस्पतालको आइसोलशनमा कार्यरत स्वास्थ्यकर्मी सपना पहाडीले अक्सिजन प्लान्ट सञ्चालनले अक्सिजनको अभाव नहुने बताइन् । अक्सिजन अभाव नभएपछि संक्रमितलाई राहत हुने उनको भनाइ थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया