अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान फिन्चले लिए सन्न्यास
काठमाडौँ- अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान तथा ब्याट्सम्यान आरोन फिन्चले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । गत सेप्टेम्बरमा एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका ३६ वर्षीय फिन्च अस्ट्रेलियाका टी-ट्वान्टी कप्तान थिए ।
उनले सन् २०२१ मा अस्ट्रेलियालाई आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए । फिन्चले अस्ट्रेलियाका लागि ५ टेस्ट, १ सय ४६ एकदिवसीय तथा १ सय ३ टी-ट्वान्टी खेलेका छन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ३ हजार १ सय २० रन जोडेका फिन्च अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने खेलाडीमा पर्छन् । उनले टी-ट्वान्टीमा दुई शतक समेत प्रहार गरेका छन् ।
फिन्चले भने घरेलु टी-ट्वान्टी तथा बिग बास लिगमा भने खेल्ने बताएका छन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया