मिडिया विधेयकलाई अगाडि बढाउने सरकारको तयारी

काठमाडौँ - सरकारले मिडिया विधेयक अगाडि बढाउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् । सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन् ।
उनले त्यसको लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गरिन् । आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन् ।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनु भयो । उनले आमसञ्चार क्षेत्रको विकास,समृद्धि र सबलीकरण हुनु भनेको राज्यको सबलीकरण हुनु सरह रहेको बताइन् । देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्नअंगका रूपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको उनको भनाइ छ ।
उनले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रुपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया