आगलागीबाट मुस्ताङमा एक घर जल्यो

जोमसोम- मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीको एक घरमा आगलागी भएको छ । हिजो दिउँसो पौने ५ बजेको समय अचानक विद्युत सट हुँदा स्थानीय ढकबहादुर तुलाचनको दुई तले घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले तुलाचनको ढुंगा र माटोले बनेको दुई तले घर पूर्ण रूपमा क्षति भएको बताए । आगलागीबाट मानवीय क्षति भएको छैन ।

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया