स्थगित पोखराको नगरसभा सोमबार हुने

पोखरा - पोखरा महानगरपालिकाको १२ औं नगरसभा पुनः हुने भएको छ । पुस २६ गते स्थगित भएको नगरसभा सोमबार पुनः बस्ने भएको हो ।
पुस २६ मा पोखरा सभागृहमा सुरु भएको नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले विषय उठाएको भन्दै नगरसभा बहिष्कार गर्दै बाहिरिएका थिए ।
पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सभाबाट बाहिरिएपछि पोखरा महानगरपालिकाको नगरप्रमुख धनराज आचार्यले अर्को सूचना नआएसम्म नगरसभा स्थगित भएको जानकारी गराएका थिए ।
त्यो विषयमा सहमतीपछि स्थगित नगरसभा पुनः हुने भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । ‘जुन विषय त्यो समयमा उठान भएका थिए । त्यो विवाद मिलिसकेको छ । अब नगरसभा निर्विवाद चल्छ,’ उनले भने । आरोपित वडाध्यक्ष अधिकारी धरौटीमा रिहा भईसकेका छन् ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया