मकवानपुरका चार स्थानीय तहमा बिहान ५ बजेदेखि ९ बजेसम्म अत्यावश्यक सामान किन्न पाइने

हेटौंडा : मकवानपुरको चार स्थानीय तहमा आजबाट निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञामा हेटौंडा, थाहा, भिमफेदी र मनहरी गाउँपालिकामामा अत्यावश्यक उपभोग्य बस्तु (दुध, खाद्यान्न, माछा, मासु, फलफुल तथा तरकारी) पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्न दिइएको हो ।
निषेधाज्ञामा औषधी पसल, अक्सिजन सिलिन्डर डिपो, ग्याँस, पेट्रोल पम्प र सवारी साधन मर्मत गर्न तोकिएको वर्कसप मात्रै खुल्ला छन् । अतिआवश्यक सवारीहरु चलेका छन् भने मुख्यराजमार्ग बन्द गरिएको छैन ।
यस्तै जिल्लामा कोभिड–१९ को कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । दुवै जना हेटौडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत थिए । हेटौंडा–१ का ५५ वर्षीय पुरुषको गए राति र बारा जिल्लाका ४६ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको छ ।
हेटौंडा अस्पतालका कोभिड इन्चार्ज सागर काफ्लेका अनुसार उनीहरुको उच्च अक्सिजन र भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । कोभिड–१९ उपचार कक्षमा अहिले १४ जना गम्भिर संक्रमितको उपचार भइरहेको छ । कोभिड उपचार कक्षमा हाल दुई भेन्टिलेटर राखिएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया