अप्रिल महिनामा २२ हजार विदेशी नेपाल भित्रिए
काठमाडौँ : गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।
अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् ।
विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसमा ११ हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८०३ पर्यटक नेपाल भित्रिएका छन् । सोमा ६६५ पुरुष र १३८ महिला छन् ।
गत जनवरीमा आठ हजार ८७४ र फेबु्रअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी गत मार्चमा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी एक महिनामा १७ हजार ५७७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । सोमा १३ हजार ८०४ पुरुष, तीन हजार ७४७ महिला र २६ जना अन्य नागरिक रहेका छन् ।
एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५८ हजार ४४९ नेपाली स्वदेश फर्किएका छन् । त्यसमा ४८ हजार ७९९ पुरुष, नौ हजार ६४६ महिला र चार अन्य नागरिक छन् । यस्तै एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया