गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान्-श्रीमती पक्राउ

रेसुङ्गा- गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे । बयानका क्रममा अभियुक्तहरूले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छबिलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ ।
दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र बिष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

नियमित जेरी खाए पाँच रोगबाट पाउन सकिनेछ मुक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

प्रतिक्रिया