म जुहारी खेल्ने पक्षमा छैन : मुख्यमन्त्री शर्मा

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिका लागि एकताबद्ध हुन जरुरी रहेको बताएका छन् ।
तीन तहका सरकारका एकल अधिकार र साझा अधिकारसहित जनतासँग सहकार्य गर्न जरुरी रहेको शर्माको भनाइ छ । कर्णाली प्रदेशसभाका पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
‘तथ्य एउटै हुन्छ, तथ्यलाई बङ्गाएर तर्क गर्दा समाज अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘त्यसकारण म धेरै जुहारी खेल्ने पक्षमा छैन । जनताले हामीलाई काम गर्न पठाएका छन् ।’
उनले कुराभन्दा काम अगाडि बढाउन जरुरी रहेको औंल्याएका छन् । ‘परम्पराको पुच्छर समाएर दौडिने पक्षमा छैन,’ उनी भन्छन्, ‘आज जनताको आवश्यकता के हो यस कुरालाई आत्मसाथ गर्न जरुरी छ ।’
संविधानको स्पिड राम्रोसँग अगाडि बढाउन नसकिएको अवस्था रहेको शर्माको भनाइ छ । उनले सबैलाई कर्णाली समृद्धिको अभियानमा लाग्न आग्रह गरेका छन् ।
साथै मुख्यमन्त्री शर्माले संघीयता राम्रोसँग लागू नभएको तर्क राखे । अझ प्रशासनिक संघीयताको स्थिति जर्जर देखिएको समेत उनको जिकिर छ । समाजवाद उन्मुखतर्फ छलफलहरू केन्द्रित हुन जरुरी रहेको उनले बताए । ‘आजका आवाश्यकतालाई बोध गर्ने कुरा र समस्यालाई समाधान गर्न केन्द्रिकृत भएर अघि बढ्नुपर्छ,’ उनले भने,‘ म जनताको काममै समप्रित छु ।’

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया