तीन जिल्लाका सिडिओको संयुक्त बैठक बस्दै, निषेधाज्ञा लम्बिने

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का तीन प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त बैठकको तयारी गरेका छन् ।
तीन जिल्लामा जारी निषेधाज्ञा २२ गते सकिँदैछ । त्यसपछि निषेधाज्ञा कहिलेसम्म बढाउने र कसरी व्यवस्थित गर्ने भनेर छलफल गर्न लागिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले जानकारी दिए ।
बैशाख १३ मा बसेको मन्त्रिपरिषद्को जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस लिई प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यका र तराईका जिल्लाका हकमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या पुगेका जिल्लामा जिल्लाभरी वा जिल्लाको कुनै भागमा मात्र लागू हुने गरी आवश्यक परेमा बैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी पन्ध्र दिनको लागि सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु र सेवाको आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण तथा नियमन गर्न आवश्यक निषेध आदेश जारी गर्ने निर्णय गरिसकेको छ ।
कुनै जिल्लामा सङ्क्रमण बढेमा प्रमुख जिल्ला अधिकारीले २४ घण्टाको पूर्वसूचना दिई उपर्युक्तबमोजिम निषेध आदेश जारी गर्ने उल्लेख छ ।
ललितपुरका सिडिओ निरौलाले भने, 'अबको निषेधाज्ञा कसरी वैज्ञानिक, प्रभावकारी र व्यवस्थित गर्ने भन्नेमा बैठक केन्द्रित हुनेछ । एक मुठा साग किन्न बजार निस्किने, मर्निङ वाक गर्न निस्केन काम बन्द हुनुपर्छ ।' निरौलाका अनुसार बैठक सोमबार साझ ६ बजे वा मंगलबार बस्ने सल्लाह भइरहेको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया