बैंक एकाउन्ट ह्याक गरेर पैसा निकाल्ने ८ जना पक्राउ

काठमाडौँ- अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन् ।
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।
सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न पर्साका अजय चौंधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौंधरी, बाराका सन्तोेष कुँवर, सप्तरीका दिलीप चौंधरी र भारत बिहार प्रदेशका अवधेश कुमारलाई काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
उनीहरूको साथबाट नौ थान मोबाइल, १ थान ल्यापटप र ५ थान एटिएम कार्ड पनि बरामद गरिएको छ ।
पक्राउ परेकाहरूलाई बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

नियमित जेरी खाए पाँच रोगबाट पाउन सकिनेछ मुक्ति

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
फेकन उपाध्यक्षमा खरेलको उम्मेदवारी, पेशागत हितका लागि दर्जनौं योजना सार्वजनिक

भक्तपुरमा अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

धितोपत्र बोर्डमा अख्तियारको छापा

नीति निर्माणमा संलग्न अधिकारीहरू लिए ८ महिने 'पोलिसी लिडरशिप' तालिम

प्रतिक्रिया