नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ : डा. केसी

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नेपाल चिकित्सक संघलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार संघको निर्वाचन अन्तर्गत काठमाडौँकाे प्रज्ञा भवनमा मतदान गरेपछि केसीले संघ राजनीतिक नभई पेसागत संगठन भएकाले चिकित्सकको हकहितका लागि लड्नुपर्ने बताएका हुन् । संघमा कुनै पनि पार्टीको आदेश स्वीकार्य नहुने उनकाे भनाइ छ ।
डा केसीले संघमा निर्वाचन हुनेले गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्नुपर्ने धारणा राखे । चिकित्सा क्षेत्रको समस्यामा लड्न नसके चिकित्सक संघ नाम मात्रको हुने उनले उल्लेख गरे ।
उपत्यकामा संघको नयाँ कार्यसमितिका लागि शनिबारसम्म निर्वाचन हुनेछ । संघको अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुन लागेको हो । संघको विभिन्न १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया