आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सेती अस्पताललाई ९८ थान अक्सिजन सिलिण्डर सहयोग

धनगढी : सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएपछि ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । फाउण्डेसनका सदस्यहरूको सहयोगमा सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलले बताए । 

२२ सिलिण्डर डडेल्धुरा अस्पताललाई उपलब्ध गराउने उनले बताए । यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिण्डर र टीकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ । सेती अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो ।