महोत्तरी अस्पतालमा करोडौँको उपकरण प्रयोगविहीन, संक्रमितहरू उपचारका लागि भौतारिँदै

जनकपुरधाम : महोत्तरी जिल्ला अस्पतालमा करोडौ रुपैयाँ खर्च गरी कोभिड-१९ नियन्त्रण निम्ति जडित उपकरण जनशक्तिको अभावमा प्रयोगविहीन बनेको छ । गतवर्ष पहिलो लहरकै बेला जलेश्वरस्थित उक्त जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रुपमा विकास गर्न उपकरण तथा पूर्वाधार तयार गर्न ८ करोड रुपैयाँभन्दा बढी रकम खर्चियो । तर जनशक्ति अभावमा ती उपकरण प्रयोगविहीन भएपछि संक्रमित उपचारका लागि भौतारिरहेका छन् ।
कोरोना भाइरस नियन्त्रण र उपचारमा सहजता निम्ति ५० शैयाको कोभिड विशेष अस्पताल संचालन गर्न दुई करोड ५५ लाख ५२ हजार रुपैयाँको लागतमा पाँच थान भेन्टिलेटर, शैया, मनिटर, इको लगायतका आइसीयू सेटका उपकरण जडान गरिएको थियो । गत वर्षको कोरोना महामारीका बेलामा पनि भेन्टिलेटर र आइसीयू सञ्चालन गर्न दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले ती उपकरण प्रयोग गर्न सकेको थिएन । वर्षभरि नै ती सामग्री प्रयोगविहीन बनेर थन्किएको अस्पतालका मेसु शतिश साहले बताए ।
उनका अनुसार, दक्ष जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारलाई पटक-पटक आग्रह गरिएको थियो । तर कुनै चासो नलिएको कारण करोडौ रुपैयाँ खर्चेर जडित उपकरण प्रयोगविहीन हुन गएको हो । गत वर्षमात्रै ३ करोड ४३ लाख रुपैयाँ खर्च गरेर पूर्वाधार तयार गरिएको कोभिड विशेष अस्पताल कामविहीन बनेको छ । कोरोना महामारीले आक्रान्त बनेका बेला उपकरण अझै प्रयोगविहीन अवस्थामै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले पनि स्वीकार गरे ।
अस्पताल विकास समितिका अध्यक्ष पाण्डे भन्छन्, ‘दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर र आइसीयू सञ्चालन हुन सक्ने अवस्था नरहेकाले दोस्रो लहरको बेला पनि जलेश्वरमा कोभिड विशेष अस्पताल सञ्चालनमा आउन सकेन ।’ गत वर्ष उक्त अस्पतालमा कोभिड नियन्त्रण उपकरण जडान निम्ति आठ करोड रुपैयाँ भन्दा बढी खर्च गरिएको थियो । ती खर्चको कुनै सदुपयोग नभएको र त्यसमा व्यापक अनियमितता भएको आरोप स्थानीय महेन्द्र चौधरी लगाउँछन् ।
उनी भन्छन्, ‘उपचार नगर्ने मानसिकताले अस्पतालले संक्रमितहरूलाई होम आइसोलेशनमा जान सुझाव दिन्छन् । तर त्यो कुनै हेरचाह गरिँदैन । गम्भीर अवस्थाका संक्रमितलाई यहाँ कोरोना उपचार भइरहेको छैन । बाहिर जिल्लामा उपचारका लागि जानु परिरहेको छ ।’उता मेसु साह भन्छन्, ‘अस्पताल अब स्थानीय तहको मातहतमा गइसकेको छ ।
स्थानीय सरकारबाट कोभिड नियन्त्रण गर्न ठोस कदम चालिएको छैन । त्यसो हुँदा कोरोनाका बिरामी नराखिएको तथा उपचार समेत शुरु गर्न सकिएको हो ।’ महोत्तरीमा फेला परेका संक्रमितहरूलाई ‘होम आइसोलेशन’मा पठाउने गरिएको छ । गम्भीर अवस्थाका संक्रमित उपचार आभावमा प्रादेशिक अस्पताल जनकपुरधाम, वीरगंज, धरान र काठमाडौ अन्यत्र जानुपरेको छ ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया