ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी पक्राउ

दमौली : ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका-७ पाथ्रा बस्ने ३१ वर्षीय घैँटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गुरुङलाई आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
विसं २०७७ फागुन २० गते व्यास-७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ । सामान्य रूपमा भएको विवादको घटनामा रिसिइवी साँधेर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजीकार्य तीव्र पारेको जनाएको छ । रासस

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_cmBHg3BSFd_kqj9oejgdmhduznmg5nvnitc2nw16xfowycb89llmbhb6lz4i1qepxwyvami.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसो खेती
ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

प्रतिक्रिया