जापानमा फुल्यो राजा वीरेन्द्रले उपहार दिएको हिमालय साकुरा

जापान- वसन्त ऋतुमा जापानमा ढकमक फुलेका राता सेता साकुरा (पैयूँ)ले जापान सेताम्मे र राताम्मे हुन्छ । जापानमा मार्चको अन्तिम हप्तादेखि अप्रिल पहिलो हप्ता देशभर धेरै ठाउँमा साकुरा फूल छ ।
तर यतिबेला सिजोओकाको आतामी सहरमा हिमालय साकुरा नाम रहेको साकुराले ढाकिएको छ । यो साकुरालाई धेरै जापानीले जाडोमा फुल्ने हिमालय साकुरा भनेर चिन्छन् । नोभेम्बर डिसेम्बर र जनवरी महिनामा फूल्ने साकुरा नेपाल र जापानको मित्रताको चिनोको रूपमा हेरिने जापानी मिडियाले खबर लेखेका छन् ।
नेपालबाट टोकियो विश्वविद्यालयमा अध्ययन गर्न आएको बेला तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९६८ मा आतामी सहरमा उपहार स्वरूप साकुरा (पैयूँ)को बिरुवा दिएका थिए । सोही साकुराको नाम हिमालय साकुराको भनेर चिनिएको हो । यसको रङ्ग मार्च महिनामा फूल्ने सामान्य साकुराभन्दा अलिकति रातो रङको हुन्छ ।
केही वर्षअघि राजा वीरेन्द्रले उपहार दिएको साकुरा जापानको आतामीमा फुल्यो भनेर जापानी मिडियाले पनि समाचार प्रकाशित गरेका थिए । यसका बिरूवाहरू बढाएर अहिले आतामीका बिभिन्न पार्कहरूमा बढाइएको छ ।
मार्च महिनामा मात्र नभएर साकुराको रौनक र सौन्दर्यता पर्यटक आकर्षण गर्न जाडो मौसममा फूल्ने हिमालय साकुराको पनि पछिल्लो समय बिरुवा बढाउँदै लगेका छन् ।आतामी सहरमा जाडो महिनामा मै फूलेको साकुराप्रति पर्यटक तान्ने राम्रो आधार पनि बनेको छ । जापानीहरू वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने फूल हिमालय साकुरा रहेको समेत बताउँछन् ।
वसन्त ऋतुमा साकुरा हेर्न थु्प्रै देशबाट पर्यटक जापान आउँछन्।साकुरा फूलको आयू १ हप्तादेखि २ हप्ता सम्मको मात्र हुन्छ । साकुरा हेर्न जानेहरू फूल्ने समय समाचार हेरेर त्यहाँ पुग्ने गर्दछन् ।
यो समय नेपालमा पनि (पैयूँ) फूल्ने समय हो । जापानीहरूले वसन्त ऋतुमा विदेशी पर्यटक तान्ने राम्रो आधार साकुरालाई बनाएका छन् । नेपालमा पनि पैयुँ, लालिगुरासँ, लालुपाते फूलहरूलाई संरक्षण गरेर फूल्ने मौसममा आन्तरिक या बाह्य पर्यटक तान्ने आधार बनाउन पनि सकिन्छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया