हेटौँडा अस्पतालमा संक्रमितको चाप बढेसँगै २० बेडले धान्न सकेन

हेटौँडा : हेटौँडा अस्पतलामा सञ्चालनमा आएको २० बेडको कोभिड-१९ उपचार कक्षले संक्रमितको चाप बढ्न थालेपछि धान्न नसक्ने भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय नाघेसँगै २० बेडको उपचार कक्षले नधान्ने अवस्था आएको हो ।
अस्पतालको आकस्मिक सेवा, प्रसुती सेवा र ज्वरो क्लिनिकलाई यथावत राखेर आइसियू, एचडियू कक्षलाई कोभिड सेवामा परिणत गर्ने भएको छ ।
यस्तै अस्पतालको अन्य ओपिडी सेवाहरू अर्का सुचना नभएसम्म बन्द गर्ने आज बसेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले निर्णय गरेको छ । यस्तै पिसिआर रिपोर्ट एसएमएस वा अनलाइनबाट दिइने भएको छ । कोभिड परिक्षण गरी रिपोर्ट बिरामीहरूलाई अस्पताल परिसरभित्र कोभिड सस्पेक्टेड वार्डमा राखेर अन्तरिम उपचार सेवा दिने निर्णय गरिएको अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए ।
हेटौँडा उपमहानगरपमा हालसम्म कोभिडले मृत्यु हुनेको संख्या ३० पुगेको छ । हेटौँडा अस्पतालकाको कोभिड-१९ उपचार कक्षमा अहिले १४ जना गम्भीर संक्रमितहरू उपचाररत छन् । उनीहरू मध्ये ३ जनाको स्वास्थ्य अवस्थामा सामान्य भएपछि गौरिटार आइसोलेसनमा पठाइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया