नेपालको हवाई क्षेत्र थप सुरक्षित बनाउन रणनीति तयार गर्दै प्राधिकरण
वायुसेवा कम्पनीले पुराना गन्तव्यमा फर्कन नयाँ चालक दलको व्यवस्था गर्नुपर्ने
काठमाडौँ- नेपाल नागरिक उड्डय प्राधिकरणले हवाई उड्डयन क्षेत्रलाई सुरक्षित थप रणनीति बनाउने तयारी गरेको छ । नेपालको उडान क्षेत्रलाई सुरक्षित बनाउन अद्यावधिक गरी प्राधिकरणले थप सुदृढीकरण गर्न लागेको हो ।
पछिल्लो समय प्राधिकरणले बढ्दो हवाई दुर्घटनालाई नियन्त्रण गर्न अझ सुरक्षित बनाउन विभिन्न विज्ञ तथा सरोकारवाला समूहसँग छलफल गरेको छ ।
अबदेखि आन्तरिक उडान भर्दा हवाईजहाजले दुर्गमका विमानस्थलमा पाँच सय फिट भन्दा तल आएर टर्निङ लिन नपाइने प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । सुगम स्थानका विमानस्थलमा हजार फिट भन्दा तल आएर टर्निङ गर्न नपाइने उनले बताए ।
उनका अनुसार आइएफआर उडान मात्र गर्न पाउने भएका छन् । आइएफआर उडान यान्त्रिक उपकरणको सहयोगमा हुने उडान हो । विमानस्थलमा भिएफआर प्रणालीबाट उडान तथा अवतरण हुने गर्छ ।
कन्ट्रोल एरीड्रोममा उडान गर्ने वायुयानहरू बाहेक अन्यले आइएफआर उडान भर्न पाउने भुलले बताए । 'आन्तरिक उडान सेवा कम्पनीले पाइलटको सीप सम्बन्धित परीक्षण व्यवस्था निर्माता कम्पनीले गर्नुपर्ने व्यवस्था लागू गरिन्छ,' उनले भने ।
पाइलटको थकानले हुने जोखिम न्यूनीकरण गर्न पनि थप नयाँ व्यवस्था गरेको छ । गन्तव्यमा पुगेका चालक दलले पुनः सोही उडान पुरानो गन्तव्यमा ल्याउन नपाउने भएका छन् ।
'उडान भरेको स्थानदेखि अबदेखि सोही गन्तव्यमा फर्कन नयाँ चालक दलको व्यवस्था गर्नुपर्छ,' भुलले थपे, 'पुराना चालकका ठाउँमा नयाँ चालक दलको व्यवस्था गर्नुपर्छ । पुराना चालक दलले पुरानै गन्तव्यमा ल्याउन पाउँदैनन् ।'
विमानस्थलको उडान समयलाई घटाएर ८ घण्टामा झारिने भुलको भनाइ छ । प्रतिदिन ८ उडान र अवतरण गरिने व्यवस्था मिलाइने उनले प्रस्ट पारे । मुलुकमा हरेकपटक विमान दुर्घटना भएपछि प्राधिकरणले नयाँ रणनीति बनाउन खोजेको भन्ने आरोपलाई चिर्दै नियमित रणनीति लागू गर्न लागिएको उनको भनाइ छ ।
विमान दुर्घटना नभए पनि प्राधिकरणले उडान क्षेत्रलाई सुरक्षितलाई बनाउन निरन्तर लागिरहेको उनले बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया