चोरीमा संलग्न रहेको आरोपमा पाँच पक्राउ

जनकपुरधाम। चोरीमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका–१४ बस्ने रतिश गुप्ता, सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ बस्ने २१ वर्षीय रविन्द्र कुमार यादव, सोही ठाउँ बस्ने २२ वर्षीय चन्दन कुमार यादव, जनकपुरधाम–२४ बस्ने सरोज कुमार महतो र श्याम सुन्दर महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार जनकपुरधामको शिवचोकस्थित विनोद गामीको कपडा पसलमा मिथिला बिहारी नगरपालिका–२ बस्ने ईद्रिश कवारी मियाँका छोराको मोबाइल कपडा खरिद गर्ने क्रममा रतिश गुप्ताले चोरेर भागेका थिए ।
त्यस्तै, सोमबार राति ८ बजेको समयमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–१ बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठले आफ्नो ज. ६ प. ७७१४ नम्बरको मोटरसाइकल धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पतालको छेउमा पार्किङ गरी राखेको बेला रविन्द्र र उनकै साथि चन्दनले चोरी गरेर भागेका थिए ।
उता, १४ गते राति जनकपुरधाम–४ बस्ने संजिव कुमार रायको घरबाट अज्ञात व्यक्तिहरूले कोठाभित्र राखेको पानी तान्ने मोटर, पेन्ट, आइरन, लत्ता कपडाहरू चोरी गरी फरार भएको सूचनाको आधारमा प्रहरी चौकी जिरोमाईलबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न सरोज र श्यामलाई सोमबार सामानहरूसहित पक्राउ गरिएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया