बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

बालिकामाथि याैन शाेषण गरेकाे आराेपमा अनाथालय सञ्चालक पक्राउ

प्रतिकात्मक तस्बिर

कैलाली । लामो समयदेखि नाबालिकालाई यौन शोषण गरेको आराेपमा कञ्चनपुरमा अनाथालय संचालक शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि अनाथालयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सुचना प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक चक्रबहादुर शाहले बताए।

नाबालिकालाई यौन शोषण हुने गरेको सूचना प्राप्त भएपछि महेन्द्रनगरको महाकाली बाल अनाथालयका प्रमुख चन्दलाई पक्राउ गरिएको डिएसपी शाहले बताए । चन्दले अनाथालयमा आश्रित १४ र १६ वर्षीया नाबालिकामाथि करणी गरेको खुल्न आएको प्रहरीले बताएको छ । पक्राउ परेका चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताउँदै डिएसपी शाहले बालिकाको स्वास्थ्य जाँच भैरहेको बताए ।