पूजा एक दिन, पीडा हरेक दिन [भिडियाे]

काठमाडौं- कुकुर तिहार वा नरक चतुर्दशी यम पञ्चको दोश्रो दिन मृत्युका देवता यमराजलाइ प्रसन्न पार्न पूजा गर्ने प्रचलन हाम्रो समाजमा विद्यमान छ नै । यस दिन कुकुरलाई पूजा गरेर मीठो परिकार दिन्छौँ ।
अनि भन्छौँ- कुकुरप्रति अनादरपूर्ण व्यवहार गर्यो भने पाप लाग्छ । तर, कुकुरलाई पुजेर घाँटीमा लगाई दिएको माला ओइल्याउन नपाउँदै हामीले सबै बिर्सिसकेका हुन्छौँ कि कुकुरलाई हामीले किन पूजा गर्यौँ ?
कुकुर पाल्ने चलन पछिल्लो समयमा व्यवस्थित बन्दै गएको हाम्रो समाजमा केही त्यस्ता पात्रहरू छन् । कुकुरलाई शत्रुका रूपमा लिने गर्दछ । देख्यो कि जे पायो त्यहीले प्रहार गर्ने र मौका मिले मारिहाल्ने ।
यस्तै घटना बौद्ध क्षेत्रमा घटेको छ । लामो समय घर पालुवाका रूपमा पालेको कुकुरलाई बाहिरी छाला खुइल्याउँदै करङको हड्डी भेट्ने गरी उम्लिएको पानी खनाइदिए । हिजोको प्यारो कुकुरलाई घाइते बनाएर सडकमा छाडी दिए ।
नेपालमा अधिकारकर्मीहरूको धेरै सस्थाहरू छन् । तर, उनीहरू समस्या पर्दा चुप बस्छन् । जब केही फाइदाको कुरा आउँछ अनि सबै कुर्लन थाल्छन् । यहाँ त केवल एक कुकुर त उदाहरण मात्र हो ।
एक दिन पूजा बाँकी हरेक दिन पीडा । समस्या घर पालुवा जनावरको मात्र हैन न कि कुकुरको मात्र सडकमा ल्याएर छोडिने हरेकको दैनिकी यस्तै छ । चाहे मानिस होस या पशु, सबैको कहानी देख्दा र हेर्दा कतिलाई रमाइलो लाग्ला तर त्यही ठाउँबाट आफूलाई नियाल्ने हो भने एकदिन सबैले महसुस गर्नेछन् ।
यहाँ पाल्नेलाई अनि पालिनेलाई पनि त्यस्तै सास्ती छ । किनकि सरकारसँग यसका लागि संरक्षण कसरी गर्ने कुनै खाका छैन । सरकारसँग यसको गतिलो खाका भैदिएको भए आज कुकुर सडकमा भौतारिएर आफ्नो सन्तान उत्पादन गर्ने अधिकारलाई बन्ध्याकरण गराउन बाध्य हुन्न थिए । उनीहरू पनि आफ्नो वंश जोगाउँदै उम्लिएको पानीले शरीर पोलिनु पर्दैन थियो ।
अनि एक दिन पूजा गरी रमाउने घरपालुवा जनावर प्रेमीहरूले पनि रमाई–रमाई आफ्नो अनि घरको रक्षामा खटिने प्यारो कुकुरलाई माया गर्थे होला । विदेशबाट लाखौँ रुपैयाँ तिरेर ल्याइएको ‘पप्पी’ लाई झै मासिक हजारौँको पोषक तत्व भएको खाना, बिरामी पर्दा स्वास्थ्य उपचार अनि आफ्नै सिरानीमा प्यारले सुस्ताउन लाएझैं नेपाली माटोमा जन्म लिएका पप्पीहरूले पनि आफ्नो अधिकार सुरक्षित गर्थे कि ?
भिडियो लिंक :

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_HcarxtzJiA_b4x6zs0xm4zuo2nalphwcjmcidxjwhfkxwoxrxr01u0hhlepeao4r2itbor2.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

प्रतिक्रिया