पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

कास्की- पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो ।
आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि १५ सम्म र बेलुका २१ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ ।
चौवारीबाट ५० मिटर अगाडि हेम्जातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधा/आधा घण्टामा रोकिएका सवारी साधन छुट्ने व्यवस्था मिलाइएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
उनले भने, 'आयोजनाको कामलाई तीव्रता दिन यातायातका साधन रोकेर काम गर्नेछौँ । सवारी साधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्नसमेत आग्रह गरेका छौँ ।'
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने सवारी साधनहरूले साधन रोक्दा र चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी साधन लामबद्ध भएको अवस्थामा ओभरटेक नगर्न आग्रह गरेको छ । जौवारीतर्फबाट जाने सवारी साधनलाई सिमपानीचोक–बगर–शिक्षा कार्यालय–केआइसिँह पुल–दीप हाउजिङ हुँदै नयाँपुल र हलुका सवारी साधनलाई बिन्ध्यवासिनीचोक–सराङकोट–कास्कीकोट हुँदै नौँडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी हेम्जातर्फबाट आउने सवारी साधनहरू जौवारीपुल–दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा–कास्कीकोट–सराङकोट हुँदै बिन्ध्यवासिनी चोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया