छेडागाडका मेयरले बनाएनन् नलगाडको स्वास्थ्य भवन

सुर्खेत- जाजरकोट नलगाड नगरपालिकामा निर्माण हुन लागेको नगर अस्पतालको भवन अलपत्र परेको छ । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले १८ करोडमा लिएको उक्त ठेक्काको काम नगर्दा अलपत्र परेको हो । स्वास्थ्य भवनको सम्झौता मिति २०७८ असोज २२ गते रहेको थियो । २०८० असार १५ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने भनि सम्झौतामा उल्लेख गरिएको छ ।
पहिलो किस्तामा २ करोड ८६ हजार रुपैयाँ नगरपालिकाबाट लिइएको र दोस्रो पटक १ करोड ९९ लाख ९९ हजार ९९९ रुपैयाँ लिइसकेका छन् । प्रेरा खड्का कृष्ण क्याराभान जेभी काठमाडौँको नाममा भुक्तानी भएको छ ।
तोकिएकै समयमा स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा यहाँ दैनिक आउने बिरामी तथा सेवाग्राहीलाई सेवा लिन समस्या भएको नलगाड नगर उपप्रमुख सरिता सिंहले गुनासो गरिन् । ठेक्काका कामहरू लिने तर समयमा कत्तैपनि निर्माण नगर्ने परिपार्टीका कारण दैनिक समस्या हुँदै आएको छ ।
ठेक्का लिएको काम समयमा नगर्दा समस्या भएको भन्दै उपप्रमुख सिंहले प्रदेशसभा सदस्य बेदराज सिंहलाई निर्माण व्यवसायी तथा छेडागाडका नगरप्रमुखलाई निर्माण गर्ने काममा लाग्न समेतका लागि सहजीकरण गरिदिन आग्रह गरिएको छ ।
दुई वर्षअघि नगर अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरिएको थियो । नगर अस्पतालको जग मात्र खडा गरिएको अवस्थामा रहेको छ । संरचना निर्माण गर्ने समयमा पनि निर्माणको काम सुरु नहुँदा सबै भन्दा विडम्बना रहेको रहेको सरोकारवाला निकायले बताएका छन् । नगरपालिकाबाट पटक-पटक काममा आउन आग्रह गरिएपनि नगरप्रमुख खड्काले हुन्छ भन्ने तर काममा नआउने कार्यले गर्दा समस्या हुँदै आएको उपप्रमुख सिंहले पीडा सुनाइन् । संघीय सरकारबाट प्राप्त रकमबाट उक्त भवन निर्माण गर्न लागिएको हो ।
नेपाली कांग्रेसबाट छेडागाड नगरपालिकामा नगरप्रमुखमा रहेका खड्काकाे नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्गमा निर्माण गर्ने भनिएको पुल समेत सात वर्षसम्म पनि निर्माण नगरेका हुन् । खारास्थित नलगाड नदीमा निर्माण हुने उक्त पुल निर्माण नगरी अलपत्र भएको हो । पटक-पटक आयोजनाले पुल निर्माण गर्न आग्रह गरिएको भएपनि मेयर खड्काले अटेरी गरी काम नगरेको आयोजनाको दाबी रहेको छ ।
पुल निर्माणको काम लामो समयदेखि अलपत्र पर्दा यस क्षेत्रका अधिकांश विकासे कामहरू अलत्रपत्र भएका छन् । अहिले नलगाड नदीमा काठको लाप्को लगाएर वारपार गराउने काम हुँदै आएको छ । न्युज कारखाना

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया