लुम्बिनीमा सांसद र प्रहरीबीच झडप, केही सांसद घाइते

बुटवल : लुम्बिनी प्रदेश, प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बलप्रयोग गरेको हो । यादव अहिले घेराबाट निस्किसकेका छन् । मुख्यमन्त्री पोखरेलले अहिले राति नै पद तथा गोपनियताको शपथ लिने बुझिएको छ । पुदेश प्रमुख यादव मुख्यमन्त्रीकाे कार्यालय पुगिसकेका छन् । सांसदहरूले प्रहरीले दमन गरेकाे भन्दै नाराबाजी गरेका थिए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त भएका हुन्। आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो । धारा १६८(१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए । पाेखरेल अल्पमतमा परिसकेका छन् । विपक्षी तथा एमालेकै सांसद गरी ४२ जनाले प्रदेश प्रमुखलाई शपथ राेक्न हस्ताक्षरसहितकाे पत्र बुझाइसकेका छन् । ८१ सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ४१ सांसद चाहिन्छ ।

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

प्रतिक्रिया