जोशीको `चोभार ब्लुज´माथि चितवनमा अन्तर्क्रिया

भरतपुर- विक्रमभक्त जोशीको कथासङ्ग्रह `चोभार ब्लुज´ माथि अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनले डबली क्याफे भरतपुरमा कार्यक्रम आयोजना गरेको हो । साहित्य पोस्टले प्रकाशन गरेको पुस्तक चोभार ब्लुजको अन्तर्क्रिया कार्यक्रमका क्रममा कथाकार जोशी चितवन आएका हुन् ।
अक्षर समूहका अध्यक्ष रमेश प्रभातले `चोभार ब्लुज´कथा सङ्ग्रहका सन्दर्भमा लेखक जोशी र प्राध्यापक उदय अधिकारीसँग संवाद चलाए । `सङ्ग्रहमा निबन्ध शैलीका कथाहरू छन्, यी मेरा नि कथा हुन्,´ कथाकार जोशीले भने । प्राध्यापक उदय अधिकारीले जोशीका कथाहरू निबन्धकै शैलीमा मात्रै नबाँधिएको बताए । `उहाँका कथाहरूमा बिबिधता छ, कथाहरू एउटै सुत्रमा छैनन्, केही कथाहरू औपन्यासिक शैलीमा पनि बाँधिएका छन्,´ अधिकारीले भने ।
तीन वर्षको अन्तरालमा लेखिएका केही कथाहरूलाई संकलन गरेर किताबका रूपमा ल्याएको जोशीले बताए । `धेरै कथाहरू लेखेर छान्नेतिर लागिनँ, जति लेखेँ कृतिमा समेटिए,´ उनले भने । जोशीका कथामा यात्रासाहित्य पनि समेटिएको रमेश प्रभातले बताए ।
पुस्तकमा १९ वटा कथाहरू छन् । १८ वटा कथा काठमाडौंकै परिवेश र वरिपरिका छन् भने एउटा कथा इन्डोनेसियाको बाली क्षेत्रलाई आधार बनाएर लेखिएको कथा रहेको कथाकार जोशीले बताए । कार्यक्रममा सहभागी भएका कथाकार जोशीका सहपाठी डाक्टर हेमनाथ घिमिरेले कथाकार जोशीको लेखनकारिताका बारेमा चर्चा गरेका थिए ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_BLAvGFryuk_lwfoohdfk6r6skn6lnggpi4zpr9pqz6bdgzefhkoh1wfgcm65ep4rd4k05cd.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया